सल्यानकाे पोखरीडाँडा र हारिचार पूर्ण सरसफाई उन्मुख टाेल घोषणा
सल्यान ।
छत्रेश्वरी गाउँपालिकाका दुईवटा टोल पूर्ण सरसफाई उन्मुख क्षेत्रको रुपमा घोषणा भएका छन् । आइतबार वडा नम्बर ४ का पोखरीडाँडा र हारिचार टोललाई पुर्ण सरसफाइ उन्मुख घोषणा संगै खानेपानी योजना हस्तान्तरण गरिएको हो ।
पुर्ण सरसफाइका विभिन्न सुचकहरु पुरा भएपछी ढुंगेखानी हारिचार पोखरीडांडा खानेपानी सरसफाइ तथा स्वच्छता योजना क्षेत्रभित्र जम्मा ३२ घरधुरी रहेका टोल नम्बर १ अन्तर्गत पोखरीडांडा र टोल नम्बर २ अन्तर्गत हारिचार टोललाई एक कार्यक्रमकाबिच पुर्ण सरसफाइ उन्मुख घोषणा गरिएको हो ।
ढुंगेखानी हारिचार पोखरीडांडा खानेपानी सरसफाइ तथा स्वच्छता योजनाका अध्यक्ष एकराज केसीको अध्यक्षता एवम छत्रेशवरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको बिशिस्ट आतिथ्यतामा दुई टोललाइ पुर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो भने उक्त खानेपानी योजनाको उद्घाटन र योजना हस्तान्तरण गरिएको हो । सो अवसरमा गाउँपालिका अध्यक्षले उपस्थित सबैलाइ१० बुदे प्रतिबद्धता गराएका छन् ।

कार्यक्रममा भुमी समस्या समाधान आयोग सल्यानका सदस्य ज्ञान बहादुर खड्का, वडा नम्बर ४ का वडा अध्यक्ष छविलाल खत्री, पूर्व वडाध्यक्ष नेव बहादुर खड्काले मन्तव्य राख्नुभएको थियो भने वडा सदस्यहरु पोखराज खड्का, शान्ता उपाध्याय, पूर्व जनप्रतिनिधी सुस्वा आयोजनाका वास सल्लाहकार गुम्म नेपाली, गाउँपालिकाका वास संयोजक निमराज केसी, वास सहजकर्ता सुरज वली, बिद्यालयका प्रतिनिधि, वास युनिटका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानियहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
वि.सं. २०८३ सालभित्र गाउँपालिकालाइ नै पुर्ण सरसफाइ उन्मुख पालिका घोषणाको लक्ष्य अनुरुप वडा एवं टोलस्तरमा पुर्ण सरसफाइ एवम स्वच्छताका क्रियाकलाप संचालन भैरहेकाे गाउँपालिकाले जनाएकाे छ ।

सौचालयको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ अन्तर्गत मनिनावारी व्यवस्थापन र साबुन पानीले हात धुने, सुरक्षीत पानीको पहुँच र प्रयोग, सुरक्षीत खानाको प्रयोग, घरायसी, संस्थागत एवं वातावरणीय सरसफाइका सुचकहरु पूरा भएपछि पूर्ण सरसफाई टाेफ घोषणा गरिएको हो ।
छत्रेश्वरी गाउँपालिकाल र सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा) को साझेदारीमा करिव ३४ लाख ८७ हजार रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएको थियो । योजना उद्घाटन, हस्तान्तरण तथा पूर्ण सरसफाई उन्मुख टोल घोषणा कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयको तर्फबाट टोललाई प्रमाणपत्र एवं प्रसंशापत्र समेत प्रदान गरिएको थियो । कार्यपालिका सदस्यहरु तुल्सा बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा प्राविधिक जनक घर्तीले गरेका थिए ।

