२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

लक्ष्मी आधारभूत विद्यालयमा विव्यस र शिक्षक अभिभावक संघ गठन

सल्यान ।

छत्रेश्वरी गाउँपालिका–१, जलेखर्कस्थित श्री लक्ष्मी आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ गठन गरिएको छ। बुधबार आयोजित विशेष बैठकमार्फत दुवै समिति गठन गरिएको हो।
नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रदिप योगी चयन भएका छन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । समितिका सदस्यहरूमा कमला डागी वली, प्रतीक्षा केसी, देब बहादुर चन्द, दिपेन्द्र डागी र दिपा चन्द रहेका छन् भने भिम बहादुर शाही पदेन सदस्य रहेका छन् । शिक्षक प्रतिनिधिमा फौद प्रकाश चन्द चयन भएका छन् भने सदस्य सचिवको जिम्मेवारी रबिन चन्दले सम्हालेका छन् ।

त्यसैगरी, शिक्षक–अभिभावक संघको अध्यक्षमा लिला खत्री गिरि चयन भएका छन् । संघका सदस्यहरूमा बालाराम गिरि, टेक बहादुर गिरि, राजन ढकाल, शुष्मा चन्द, पुष्पा ओली, सीता योगी, संगीता केसी, गीता डागी वली र रबिन चन्द रहेका छन् ।
बुधबार सम्पन्न बैठकमा प्रमुख अतिथिका रूपमा छत्रेश्वरी गाउँपालिका–१ का वडाध्यक्ष प्रकाश हमालको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिमा बागचौर नगरपालिका–९ का वडा सदस्य कमल डागी रहेका थिए ।साथै अतिथिहरूमा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम प्रकाश चन्द, क्षेत्र बहादुर केसी, ढाका कँवर, नेत्र बहादुर चन्द, पूर्व प्रधानाध्यापक ढाकु साही, समाजसेवी टंक प्रसाद शर्मा, दीपक शर्मा र तारक शाहलगायतको उपस्थिति रहेको थियो।
बैठकको अध्यक्षता जेष्ठ सदस्य शेर बहादुर गिरिले गरेका थिए । बैठकले विद्यालयको शैक्षिक सुधार, व्यवस्थापन सुदृढीकरण तथा अभिभावक–शिक्षक सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस