२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

महासंघको २६औँ साधारण सभा अघि सल्यानका निर्माण व्यवसायीलाई सदस्यता नवीकरण गर्न आग्रह

सल्यान ।
सल्यान। नेपाल निर्माण व्यवसायी महासंघले २६औँ साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तय गरेको छ।

महासंघको सचिवालयले जारी गरेको सूचना अनुसार आगामी २०८२ साल माघ १५, १६ र १७ गते काठमाडौँमा महासंघको साधारण सभा, अधिवेशन तथा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।
महासंघको विधानअनुसार हुने उक्त कार्यक्रममा देशभरका प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साधारण सभामा सहभागी हुने प्रतिनिधिहरूको नामावली पुस २९ गतेभित्र महासंघको सचिवालयमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ।


यसै सन्दर्भमा निर्माण व्यवसायी महासंघ सल्यानका महासचिव जिमजियाङ राईले जारी गरेको सूचनामा, सल्यान जिल्ला निर्माण व्यवसायी संघ अन्तर्गत आबद्ध सम्पूर्ण निर्माण व्यवसायीहरूले संघको सदस्यता तथा इजाजतपत्र यही पुस १८ गतेभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।


साथै, पूर्व कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव डिल्ली प्रकाश के.सी. को जानकारी अनुसार महासंघको साधारण सभा तथा अधिवेशनमा सहभागी हुनका लागि जिल्ला संघमा आबद्ध निर्माण व्यवसायीहरूले समयमै नवीकरण प्रक्रिया पूरा गरेको हुनुपर्ने प्रावधान रहेको छ।


समयसीमाभित्र नवीकरण नगरेमा महासंघको साधारण सभा, अधिवेशन तथा निर्वाचन प्रक्रियामा सहभागिता नपाइने भएकाले सम्बन्धित सबै निर्माण व्यवसायीहरूलाई समयमै नवीकरण गर्न महासंघ सल्यानले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ पुष १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस