सल्यानमा जनार्दन शर्माकाे पार्टीले शाहलाई र प्रभु शाहकाे पार्टीले मल्ललाई समर्थन गर्ने !
सल्यान ।
सल्यानमा २ जना उम्मेदवारले आफ्नाे उम्मेदवारी फिर्ता लिँदै अन्य उम्मेदवारलाइ समर्थन जनाएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र आम जनता पार्टीका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। प्रलोपाका शन्तोष कुमार राई र आम जनता पार्टीका मानसिंह विकले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले जानकारी दिए ।
उम्मेदवारी फिर्ता लिएका प्रलोपा शन्तोष कुमार राईले नेकपा (एमाले) का उम्मेदवार गुलाबजंग शाहलाई समर्थन गर्ने जनाएका छन् । प्रलोपा जनार्दन शर्माकाे पार्टी हाे ।
यस्तै आम जनता पार्टीका मानसिंह विकले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् । याे पार्टी प्रभु शाह नेतृत्वकाे हाे ।
प्रकाशित मिति : २०८२ माघ ११ गते शनिवार