२०८३ बैशाख ११ गते शुक्रवार | 2026 April 24th Friday

सल्यान–दाङ विद्यार्थी सम्पर्क समिति गठन, खड्काको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति

तुलसीपुर

सल्यानबाट अध्ययन तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा दाङ आएका सल्यानी विद्यार्थी तथा युवाहरूको पहलमा सल्यान–दाङ विद्यार्थी सम्पर्क/समन्वय समिति गठन गरिएको छ।

शुक्रबार समग्र सल्यानी विद्यार्थीहरूको उपस्थितिमा दाङको तुलसीपुरस्थित नमुना भैरवस्थान सांस्कृतिक सभा–हलमा सम्पन्न प्रथम भेलाले दार्मा गाउँपालिका सल्यानका घनराज खड्काको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिमा सल्यानी सबै विद्यार्थी तथा युवाहरूलाई खुला सदस्यका रूपमा जोड्ने निर्णयसमेत गरिएको छ।

समितिको मुख्य उद्देश्य सल्यानी विद्यार्थी तथा युवाहरूबीच आपसी एकता, आत्मीयता र समन्वय बढाउँदै सामाजिक तथा सकारात्मक गतिविधिमा सहकार्य गर्नु रहेको आयोजकले बताएका छन्।

घनराज खड्काकाे अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष किरण कुमार वली (बागचौर), रिता वली (बागचौर), सचिव सुमन बाबु बुढाथोकी (शारदा), सह–सचिव: दिपेश खड्का (दार्मा), कोषाध्यक्ष: दिलमाया घर्ती मगर (बागचौर) रहेका छन् ।

सदस्यहरूमा गणेश सुनार (बागचौर), हेमन्त योगी (छत्रेश्वरी), सुदिप वली (कालिमाटी), शानिया बुढाथोकी (त्रिवेणी), विनोद खड्का (दार्मा), स्वइच्छा विष्ट (शान्तिनगर), प्रकाश वली (बागचौर), प्रतीक्षा बिक (शारदा), नरेश कार्की (दार्मा), जीवन बस्नेत (बागचौर), रोशन केसी (दार्मा), पूर्ण बिटालु (बागचौर), सुनिल बिक (बागचौर), विशाल सुनार (दार्मा) र हेमन्त सुनार (दार्मा) रहेका छन्।

नवगठित समितिले आगामी दिनमा सल्यानी विद्यार्थीहरूको हकहित, क्षमता विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

लेखक टंक प्रकाश केसीकाे संयाेजनमा कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ सल्यान कार्यसमिति सह–सचिव खेमराज सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ माघ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस