२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

नेपाल ग्याँस उद्योग संघले घोषणा गरेको आन्दोलन स्थगित 

काठमान्डौं, ३० माघ ।   नेपाल ग्याँस उद्योग संघले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । आज ग्याँस व्यवसायी र सरकारबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् । संघले सरकारले माग पूरा नगरे ग्याँस बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो ।

आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पूरा गर्ने सरकारले आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीहरुबीच छलफल भएको थियो । 

आयल निगमसंग संघले पेश गरेका मागहरूलाई सकारात्मक रुपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू १५ दिनका लागि स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस