२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

काठमाडौँ, १२ फागुन । ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो। हिमपातका कारण यस क्षेत्रमा चिसो बढेको छ। 

हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन्। हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिनुभयो । हिमपातका कारण जनजीवन कष्टकर भएको छ। गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस