२०८३ असार ४ गते बिहिवार | 2026 June 18th Thursday

पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ, १५ फागुन । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र  देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र  देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस