२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

११५ औं अन्तरास्ट्रिय नारि  दिवसको अवसरमा छत्रेश्वरी ५ मा विविध कार्यक्रम

छत्रेश्वरी गाउँपालिका वडा नं ५ लेखपाेखराकाे गरिपारेेमा ११५
औं अन्तर्राष्ट्रिय नारि दिवसकाे अवसरमा एक भब्य समारोहका बिच महिलाहरूकाे निम्ति विभिन्न खेलकुद सञ्चालन गरिएको हाे । जसमा  दौड, कोठे लक्की ड्र र एकल लोक गीत प्रतियोगिता सम्पन्न भएको छ । साथै महिला अधिकार र महिला सशक्तीकरण सम्बन्धमा सचेतनामुलक कार्यक्रम पनि सम्पन्न भएको छ ।

कार्यपालिका सदस्य श्री तिला घर्तीको अध्यक्षता तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष श्री फौद बहादुर बस्नेत, वडा सदस्य श्री डुम बहादुर खत्री, नेपाली कांग्रेसका प्रतिनिधि श्री रुपलाल वली, नेकपा एमालेका प्रतिनिधि श्री उमलाल घर्ती, माओवादी केन्द्रका प्रतिनिधि श्री राधा शर्मा, राप्रपा बाट श्री मोतिलाल वली, शिक्षक प्रतिनिधि श्री हरिकला केसी लगायतले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

सबै प्रतियोगिताका पहिलो, दोश्रो र तेश्रो स्थान ल्याउने प्रतियोगिहरुलाइ क्रमशः २ हजार, १५ सय र १ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको हाे । महिला दिवस कार्यक्रममा विभिन्न टोल तथा बस्तीबाट परम्परागत, मौलिक तथा सांस्कृति झल्काउने कार्यक्रम देखाईएकाे थियो ।

वडा सदस्य श्री तुल्सा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सामाजिक परिचालक श्री मिना कुमारी पुन वलीले गर्नुभएको थियो । 

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस