२०८३ असोज १३ गते मङ्गलवार | 2026 September 29th Tuesday

हावाहुरी र असिनापानीले सर्लाहीमा बालीनाली नष्ट

काठमान्डौं, १० चैत ।  सर्लाहीमा परेको असिनापानी र हावाहुरीले गहुँ, मकै, दलहन तथा फलफूलका बाली नष्ट गरेको हो ।असिनापानीले बर हथवा, हरिपुर, कविलासी र बागमती नगरपालिकामा सबैभन्दा धेरै बाली नष्ट गरेको छ ।

काटेर भित्र्याउने अवस्थामा रहेको गहुँ असिनापानीले नष्ट गरेको हरिपुर नगरपालिका–१ का किसान सुनिल सिंहले गुनासो गर्नुभयो ।असिनापानीले दलहन बाली मुसुरो, चना, खेसरी, लहर तथा फलफूल आँप, लिची, कटहरका फूल नष्ट गरेको छ । असिनापानीले फूल झारेपछि यस वर्ष फलफूल उत्पादनमा कमी आउने देखिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस