२०८३ असोज १३ गते मङ्गलवार | 2026 September 29th Tuesday

अरुण नदीमा जीप खस्दा चालक सहित ३ जना गम्भीर घाइते

काठमान्डौं, १५ वैशाख । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटातर्फ जाँदै गरेको बोलेरो जिप अरुण नदीमा खस्दा ३ जना घाइते भएका छन्। आज धर्मदेवी नगरपालिका–८ गाडी दुर्घटना हुँदा चालकसहित तीनजना गम्भीर घाइते भएका हुन्।

बोलेर जिप दुर्घटना हुँदा खाँदबारी–९ का ४१ वर्षीय रमेश राई, मकालु गाउँपालिका–५ का २० वर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो।

घाइते भएका तीनै जनाको उद्धार गरेर मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनु भयो । प्रहरी उपरीक्षक बस्नेतका अनुसार धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भइ अरुण नदीमा खसेको थियो।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस