२०८३ असार २१ गते आइतवार | 2026 July 5th Sunday

जेठ २ देखि सगरमाथा संवाद सुरु, प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाण्डौ, २८ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ २ देखि ४ गतेसम्म हुन गइरहेको सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । नेपालले क्लाइमेट चेन्ज, माउन्टेन्स एन्ड द फ्युचर अफ ह्युमनिटी विषयमा सगरमाथा संवाद गर्न लागेको हो ।

उक्त संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयले मातहतका निकायहरूलाई निर्देशन जारी गरेको हो । मन्त्रालयले आफू मातहतका १६ वटा निकायलाई परिपत्र गर्दै सगरमाथा संवाद कार्यक्रमको व्यापक प्रचार प्रसारका लागि लेटर हेडको दायाँ भागमा सगरमाथा संवादको लागो अनिवार्य प्रयोग गर्न भनेको हो । त्यस्तै सगरमाथा संवादको वेबसाइट लिङ्क गर्न समेत भनेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सगरमाथा संवादको सचिवालयले सबै निकायलाई परिपत्र गर्दै सगरमाथा संवाद कार्यक्रमको व्यापक प्रचार प्रसारकमा लागि सबै सकारी निकायबाट हुने प्रचारमा लेटर हेडको दायाँ भागमा सचिवालयबाट उपलब्ध गराइएको सगरमाथा संवादको लोगो अनिवार्य प्रयोग गर्न तीनै तहका सरकारहरूमा अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस