२०८३ बैशाख २० गते आइतवार | 2026 May 3rd Sunday

आइतबार सुन तोलामा कतिमा कारोबार हुँदैछ ?

काठमाण्डौ, २८ वैशाख । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य ३०० रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९ सय ७० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस