२०८३ बैशाख २२ गते मङ्गलवार | 2026 May 5th Tuesday

एसियाली मुलुकमा पुनः फैलिँदै कोभिड १९, हङकङमा एक सातामा ३० प्रतिशतले संक्रमण बढ्यो

काठमान्डौं, ५ जेठ । कोरोना भाइरसको संक्रमण एसियाली मुलुकहरूमा बढ्दै गएको छ । हङकङमा एक सातामै ३० प्रतिशत संक्रमण वृद्धि भएको हो । हङकङमा संक्रमण दर मार्चदेखि लगातार बढ्दै गएको छ । सिंगापुर र अस्ट्रेलियामा पनि संक्रमण देखिएको छ । यसैगरी, चीन र थाइल्याण्डमा पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हङकङमा १० मे २०२५ भन्दा एक साता अघि एक हजार ४२ जनामा कोभिड १९ सङ्क्रमण पाइएको थियो । त्यसको अघिल्लो साता यो सङ्ख्या ९ सय ७२ रहेको थियो ।

मार्चको सुरुवाती एक सातामा यो सङ्ख्या केवल ३३ मात्र थियो । मार्च पछि हङकङमा कोभिड–१९ को सङ्क्रमण लगातार बढ्दै गएको हो । पोजेटिभिटी दर पनि लगातार बढ्दै गएको बताइएको छ । १ मार्चको अघिल्लो सातासम्म पोजेटिभिटी दर शून्य दशमलव ३१ प्रतिशत रहेकोमा ५ अप्रिलसम्म यो दर बढेर ५.०९ प्रतिशत पुगेको थियो । ३ मे को अघिल्लो सातासम्म यो सङ्या बढेर १४ हजार २०० पुगेको छ । अर्थात्, एक सातामै सङ्क्रमण ३० प्रतिशतले बढेको थियो ।  अस्ट्रेलियामा समेत कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस