२०८३ बैशाख १२ गते शनिवार | 2026 April 25th Saturday

पूर्व राजालाई घरमै सिंहासन बनाएर राख्न ने.क.पा एमालेका अध्यक्ष ओलीको सुझाव

काठमान्डौं, ९ जेठ ।  ने.क.पा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिनु भएको छ । राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले देशमा राज सिंहासन गइसकेकाले त्यसको कल्पना नगर्न सुझाव दिनु भयो ।

प्रधानमन्त्री ओलीले राजा ल्याउने भ्रममा नपर्न आग्रह पनि गर्नुभयो । कुनै प्रकारका जनविरोधी र देशद्रोही क्रियाकलापको चेष्टा भयो भने त्यसलाई जनताले धुलो चटाउने ओलीले बताउनु भयो । यसबीच, राष्ट्रिय युवा संघको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह समेत गर्नुभयो । सहमति नभए निर्वाचन गरी नेतृत्व चयन गर्न सकिने समेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस