२०८३ भाद्र २४ गते बुधवार | 2026 September 9th Wednesday

गएराति देखि कोशी प्रदेशबाट भित्रियो मनसुन

काठमान्डौं, १६ जेठ ।  गएराति पूर्वी नेपालबाट मनसुन भित्रिएको र अहिले कोशी प्रदेशका अधिकांश भूभागमा फैलिसकेको छ । मनसुन भित्रिने सरदर मिति भने जुन १३ मा रहेको थियो । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ । विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जनाकारी दिनु भयो ।

मौसम पूर्व अनुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रुपमा मौसम सूचना दिदैं  जाने जोशीले जानकारी दिनु भयो । विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । यसैबीच, विभागले आज सर्वाजनिक गरेको आगामी मनसुनको हावापानी आँकलन अनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको समेत जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस