२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

भोलि लुम्बिनी प्रदेश सरकारका चारवटा जिल्लामा सार्वजनिक विदा

काठमान्डौं, ३१ जेठ । लुम्बिनी प्रदेश सरकारले भोलि चारवटा जिल्लामा सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकालेर असार १ गते आइतवार भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक विदा दिएको जानकारी गराएको हो । भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र अनुसार भूम्य पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक विदा दिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस