सल्यानका पुराना नेता टेक बहादुर बाेहराकाे निधन
सल्यान ।
सल्यान जिल्लाका सबैभन्दा पुराना नेता टेक बहादुर बाेहराकाे निधन भएकाे छ ।
कपुरकाेट गाउँपालिका वडा नं. ६ सिनबाङ खोलीगाउँ निवासी ९७ वर्षिय बाेहराकाे निधन भएकाे हाे । बाेहरा २०२६ देखि ०३० सालसम्म सल्यान जिल्ला पञ्चायतकाे सभापति थिए । त्यसबेला स्व. पुर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठलाइ चुनावमा हराएर बाेहरा जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।
बाेहराकाे समकालिन राजनीति नेताहरुमा सल्यान जिल्लामा अन्य नेताहरु यति लामाे उमेरसम्म जीवित थिएनन् । जिल्लाका एक होनेहार, असल, इमान्दार राजनितिज्ञ रहेका बाेहराकाे निधनले सल्यानकाे राजनीतिक इतिहासकाे एउटा धराेहर गुमेकाे छ ।
शनिबार अपरान्ह ४:३० बजे उनकाे निधन भएकाे कपुरकाेट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताएका छन् । ०२६ देखि ०३० सालसम्म जिल्ला सभापति भएका बाेहरा त्यसपछि भने सक्रिय राजनीतिमा थिएनन् । उनि आफ्नै घर खाेलीगाउँमा परिवारसँगै बस्दै आएका थिए ।