२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

संचालनमा नआउँदै चिरा पर्यो श्रीनगर बसपार्क

सल्यान ।

गाडी संचालनमा नआउँदै सल्यान श्रीनगरको बसपार्क चिरा पर्न थालेको छ ।

संघीय सरकार, कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा साढे ५ करोड लागतमा निर्माण गरिएको बसपार्क निर्माण सम्पन्न भएको केही महिनामै चिरा पर्न थालेको हो ।

सल्यानमा आधुनिक बसपार्क बनेको भनेर सामाजिक संजालमा व्यापक चर्चा पाएको श्रीनगर बसपार्क उद्घाटन नहुँदै चिरा पर्नुले कमसल खालको काम वा प्राविधिक कमजोरी भएको देखिएको छ । भदौ अन्तिम तिर बसपार्क उद्घाटन गर्ने शारदा नगरपालिकाको तयारी थियो ।

निर्माण व्यवसायीको धरौटी जफत १३ महिनासम्म हुने भएकोले बिग्रिएको ठाउँमा निर्माण व्यवसायीलाई पुनः काम गर्न लगाउने शारदा नगरपालिकाले जनाएको छ ।

९ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बसपार्कभित्र ठूला तथा मध्यम सवारी साधानका लागि ३२ वटा स्टल छन्। यसै गरी ५० वटा मोटरसाइकल राख्न मिल्ने स्टल छन्।

बसपार्क परिसरमा ३४ वटा व्यावसायिक सटर छन्। मध्यम तथा साना किसिमका व्यवसाय चलाउन थप ३५ कोठा छन्।

प्रकाशित मिति : २०८२ भाद्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस