२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पुर्वाधार कार्यालय सल्यानको गाडी दुर्घटना

सल्यान ।

पुर्वाधार विकास कार्यालय सल्यानको गाडी दुर्घटनामा परेको छ ।

जिल्लाको श्रीनगरबाट खलंगा तर्फ जाँदै गरेको क .प्र. ०२००१ झ ००३५ न. को बोलेरो जिप आज दिउँसो पौने ५ बजेतिर मैसेपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चालक दैलेख चामुण्डा बिन्द्रासैनी न.पा.१ बस्ने बर्ष ३० का भरत प्रसाद शर्मा, उनको श्रीमती बर्ष २२ कि कबिता सिजापती, कास्की पोखरा महानगरपालिका १७ बस्ने बर्ष २७ का सागर आचार्य डोटी दिपायल सिलगढी न.पा. १ बस्ने बर्ष २२ का मनमोहन सिंह खड्का, जिल्ला पर्सा बिरगंज महानगरपालिका १३ बस्ने बर्ष २१ का पुनम शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनिहरु पुर्वाधार विकास कार्यालय सल्यानका कर्मचारी हुन् ।

गाडी अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस