२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

राजा भोटको राजनीति भन्दा माथि रहने संस्था, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन

काठमान्डौं, २४ फागुन  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोटको राजनीति भन्दा माथि रहने संस्था भएको बताउनुभएको छ । आज वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्नुहुर्दै अध्यक्ष लिङ्देनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरुले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिनुभएको थियो । उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरुले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौति दिँदै आउनु भएको छ । 

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको बताउनुभएको हो ।  अध्यक्ष लिङ्देनले अहिलेका राजनीतिक दलहरु देशभित्रै युवाहरुले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताउनुभयो । उहाँले अहिलेका राजनीतिक दल र नेताहरुले ३५ वर्षको समयमा केही काम गर्न नसकेको बताउनुभयो । अध्यक्ष लिङ्देनले  प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी लगायतका मागहरु आफ्नो पार्टीको रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस