२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

नेपालमा राजावादीको चलखेलमा सङ्गठित प्रयास भयो, ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष दहाल

काठमान्डौं, २७ फागुन ।   ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजावादीको चलखेलमा सङ्गठित प्रयास भइरहेको बताउनुभएको छ । उहाँले राजतन्त्रवादी हौसिएका र यसमा वर्तमान सरकारको कमजोरी रहेको टिप्पणी गर्नुभयो । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष दहालले राजावादीको चलखेल किन बढ्दै गयो भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।

आठ महिनाअघि माइतीघर मण्डला खाली हुँदै गएको तर अहिले सहकारी, शिक्षक, किसान, महिला लगायत सबै आन्दोलनमा रहेका भन्दै अध्यक्ष दहालले  अवस्था जटिल बनेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय आन्दोलन बाहेक अरू विकल्प देख्न छाड्नुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस