२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

गणतन्त्र पक्षधर शक्ति एक हुनुपर्ने, तीन राजनीतिक दलका शीर्ष नेता

काठमान्डौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली सहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच वर्तमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमन चयनमा खलल पुु¥याउनेहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।

प्रधानमन्त्री तथा ने.क.पा. एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बोधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस