२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

प्रतिनिधिसभाको बैठक ८ दिन बस्ने

काठमाण्डौँ, ३० वैशाख । प्रतिनिधि सभाले जेठ १ गतेदेखि १५ गतेसम्मको बैठक बस्ने पाक्षिक क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बिहान बसेको कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरासियासहित प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले पाक्षिक क्यालेन्डर बनाएको हो ।

क्यालेन्डर अनुसार जेठ एक गनेदेखि १५ गतेसम्म प्रतिनिधिसभा बैठक ८ दिन बस्नेछ । सभामुखको सचिवालयले उपलब्ध गराएको क्यालेन्डरका अनुसार प्रतिनिधिसभा बैठक जेठ १, २, ४, ५, ६, १३, १४, १५ गरी ८ दिन बस्नेछ । प्रतिनिधिसभामा आजबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ हुँदैछ ।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस