२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने राष्ट्रिय सभाका सदस्य गौतमको भनाइ

काठमान्डौं, ३१ वैशाख । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले वर्तमान प्रणाली ल्याउने प्रमुख शक्तिहरु नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको आज बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद गौतमले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लग्ने भनेपनि दलहरुले केही पनि गर्न नसकेको बताउनुभयो ।

उहाँले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्नेगरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताउनुभयो । उहाँले समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको बताउनुभयो । उहाँले दलहरुले समयमै सचेत भएर जन गुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । देश ठूलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार पनि कसैले रोक्न नसक्ने उहाँको भनाइ थियो । सांसद गौतमले आफूले चार वर्ष लगाएर समाजवादको खाका तयार पारेको तर कुनैपनि नेताहरुले त्यसबारेमा अध्ययन नगरेको गुनासो समेत गर्नुभयो

प्रकाशित मिति : २०८२ बैशाख ३२ गते बुधवार
प्रतिक्रिया दिनुहोस