२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

भोलि नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने

काठमाण्डौँ, २ जेठ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिनु भएको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताउनु भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस