अन्डर १९ साफ च्याम्पियनशिपको उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रस्तिपर्धा
काठमाण्डौँ, ४ जेठ । अन्डर १९ साफ च्याम्पियनशिप फुटबलको फाइनल खेल आज आइतबार हुँदैछ । उपाधिका लागि आयोजक भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । सेमिफाइनलमा भारतले माल्दिभ्सलाई तीन गोलले र बङ्गलादेशले नेपाललाई २–१ गोलले हराउँदै उपाधि नजिकै पुगेको हो । १९ वर्षमूनीको साफ च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बङगलादेश सहभागि थिए ।
प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते आइतवार