२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

नेपाली कांग्रेसद्धारा पार्टीका सभापति देउवाको धारणा भनी राजसंस्थाबारे भइरहेको प्रचारप्रति आपत्ति

काठमान्डौं, ८ जेठ ।  नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाकाबारे भइरहेको प्रचारप्रति आपत्ति जनाएको छ ।मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापति देउवाको धारणा भन्दै प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारको खण्डन गर्नु भएको हो ।

विज्ञप्तिमा ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको भनिएको छ ।

कसैले क्षणिक स्वार्थमा राजसंस्था बारे उहाँको धारणा भनेर संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य भएको उल्लेख गरिएको छ । यसैबीच, नेपाली कांग्रेसले सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस