२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

रास्वपा घोषणा भएको ३ बर्ष पुरा,विभिन्न कार्यक्रम गरेर मनाउदै

काठमाडौँ, ७ असार । ससदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा भएको ३ बर्ष पुरा भएको छ । गोरखा मिडिया नेटवर्कका महाप्रबन्धक एवं टेलिभिजन प्रस्तोताको जागिर छोडेर ७ असार २०७९ मा रवि लामिछानेले पार्टी खोलेका थिए । अहिले रास्वपा निकै लोकप्रिय बनेको छ ।

पार्टी खोलेकै बर्ष रास्वापा देशको चौथो ठुलो दल बनेको छ । अहिले रास्वपाका संस्थापक लामिछाने भने सहकारी ठगी प्रकरणमा कारागारमा छन् । लामिछाने कारागार चलान भए संगै रास्वपा भने निरिह भएको छ । रास्वपा घोषणा गरिरहँदा रवि लामिछानेले उठाएको मुख्य कुरा थियो– सुशासन । टेलिभिजन कार्यक्रमबाट नेताहरूलाई सुध्रन जति अपिल गरेपनि नसुध्रिएकाले आफैं मैदानमा उत्रनु परेको तर्क उनले गरेका थिए ।

कुनै व्यावसायिक कम्पनीको लोगो सार्वजनिक गरे जसरी घण्टी चिह्न र रास्वपा घोषणा गरेका लामिछानेले ‘भ्रष्टाचार शून्य देश’ आफ्नो उद्देश्य बताएका थिए ।  आज भने रास्वपाले आफ्नो स्थापना दिवको अबसरमा विभिन्न कार्यक्रम गर्दै छ ।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस