२०८२ चैत्र ३० गते सोमवार | 2026 April 13th Monday

कुर्सीको मान्छे !

ऊ कुर्सीमा राज गरेको छ, म भुईबाट उसलाई नियाली रहेकोछु ।
ऊ संसार वदल्ने कुरा गर्छ, म दुई छाक टार्नेहरुको कथा सोचीरहेको छु ।
हिजो त्यहीँ भुईबाट उठेको ऊ, आज गाँउ बस्ती सपारेको भ्रमहरू बाड्छ ।
म हजार सपनाहरु भुलेर, दिनहुँ विदेशिनेको लहरहरुको कुरा गर्छु ।
ऊ विदेशी विकासको भ्रमहरूको खेती गर्छ ।
म गाँउमा सिटामोल नपाउने मानिसका जीवनहरू लेख्छु ।
ऊ सत्ताको मोहमा रुलमल्लिएको बजेटको कुरा गर्छ ।
म जनताको कर जनताकै घरदैलोमा नपुगेको पीडा बोल्छु ।
ऊ कुर्सिमा गुमनाम बसेर मेरो पीडाहरूको व्यवास्ता गर्छ ।
जयजयकार पाउने कल्पनामा कल्पीरहेकोछ ऊ, मेरो कलमहरूको आवाज सुनेर, फाईलहरू हेरेको बाहाना गर्छ ऊ ।
ऊ कुर्सीमा राज गरेको मान्छे न हो, न चिन्ता छ देशको, न चासो छ जनताको ।
फगत ऊ आफै आफ रमाईरहेको छ ।

सर्जक
रेशम डि.सी. (सञ्चारकर्मी)
बागचौर नगरपालीका २, सल्यान

प्रकाशित मिति : २०८२ साउन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस