पूँजीवादी पृष्ठभूमि र लेनिनवादी नीति
पूँजीवादी पितृभूमिमा गौरवका लागि “एकले अर्कोलाई खतम पार” भन्ने नारा पेश गरिएको थियो। यो कुरा सबैलाई यादै छ। क्रान्तिकारी नारा र प्रस्तावहरू अनुसार काम नभएमा ती एक कौडी मूल्यका हुँदैनन् भन्ने कुरा के स्पष्ट छैन र? अवसरवादी राजनीतिज्ञहरूको पूर्ण नीचता र लेनिनवादी नीतिको पूर्ण भव्यतालाई बुझ्न हो भने, युद्धको बेलामा साम्राज्यवादी गिद्धलाई गृहयुद्धमा फेर्ने लेनिनवादी नीतिलाई दोस्रो इन्टरनेशनलको विश्वासघाती नीतिसँग तुलना गर्नुपर्छ।
यहाँ म लेनिनको पुस्तक “सर्वहारा क्रान्ति र गद्दार काउट्स्की” बाट एउटा अंश उद्धृत गर्न चाहन्छु। सो अंशमा लेनिनले कामको आधारमा होइन, कागजी नारा र दस्तावेजको आधारमा पार्टीलाई जाँच्ने दोस्रो इन्टरनेशनलका नेता कार्ल काउट्स्कीको अवसरवादी नीतिको घोर भर्त्सना गर्नुभएको छ।
“नारा अघि सारेपछि स्थितिमा परिवर्तन हुन्छ भन्ने काउट्स्कीको धारणा एक विशेष निम्न–पूँजीवादी, गंवार नीतिको परिचायक हो। पूँजीवादी प्रजातन्त्रको सम्पूर्ण इतिहासले उक्त धारणालाई गलत सावित गर्दछ। जनतालाई धोका दिनका लागि पूँजीवादी प्रजातन्त्रवादीहरूले नानाथरीका नाराहरू जहिले पनि अघि सारेका छन् र अझ पनि अघि सार्दैछन्। मुख्य कुरा तिनीहरूको इमान्दारीलाई जाँच्नु हो, तिनीहरूको कुरोलाई कामसँग दाँज्नु हो। हामी तिनीहरूको आदर्शवादी वा छलकपटपूर्ण वाक्यांशबाट सन्तुष्ट नभईकन वर्ग–यथार्थताको धरातलमा ओर्लनुपर्छ।”
(हेर्नुहोस् : भाग २३, पृष्ठ ३७७)
दोस्रो इन्टरनेशनलका पार्टीहरू आत्मालोचनादेखि डराउँछन्। आफ्ना गल्तीहरू लुकाउने, विवादास्पद सवाल पन्छाउने, “सब ठीक छ” भनी झूटो दाबी गर्ने र कमजोरीमा पर्दा हाल्ने उनीहरूको बानी छ। यस्तो बानीले गर्दा विचार भुत्ते बन्छ र गल्तीबाट क्रान्तिकारी शिक्षा लिन सकिँदैन। लेनिनले सो बानीको तीव्र आलोचना गर्नुभएको छ।
लेनिनको भनाइ (बामपन्थी कम्युनिज्म):
“आफ्ना गल्तीहरूप्रति कुनै राजनीतिक पार्टीले जुन दृष्टिकोण अपनाउँछ, त्यो नै अत्यधिक महत्वपूर्ण र सबभन्दा पक्का उपाय हो जसद्वारा सो पार्टी कति इमान्दार छ र त्यसले आफ्नो वर्ग र श्रमजीवी जनताप्रति आफ्ना कर्तव्यहरूलाई व्यवहारतः कसरी पूरा गर्दछ भन्ने कुरा थाहा पाइन्छ। गल्तीलाई खुलस्त स्वीकार्नु, कारण निश्चित गर्नु, विश्लेषण गर्नु र सुधार्ने उपायबारे छलफल गर्नु—यही हो गम्भीर पार्टीको पहिचान।”
(हेर्नुहोस्: भाग २५, पृष्ठ २००)
केही भन्छन्— गल्ती स्वीकार्नु वा आत्मालोचना गर्नु पार्टीको लागि खतरनाक हुन्छ, शत्रुले त्यसलाई प्रयोग गर्छ। तर लेनिनले यसलाई क्षुद्र र पूर्ण रूपमा गलत ठान्नुभयो। उहाँले १९०४ मै आफ्नो पुस्तिका “एक पाइला अगाडि, दुई पाइला पछि” मा लेख्नुभएको थियो :
“हाम्रो झगडालाई देखेर विरोधीहरूले ‘लौ खाइस्’ भन्छन्। उनीहरूले मेरो पुस्तिकाबाट कमजोरी र त्रुटीका अंश टिपेर प्रयोग गर्नेछन्। तर रूसी समाजवादी–जनवादीहरू सङ्ग्राममा परेर स्पातझैँ दरो भइसकेका छन्। त्यसैले उनीहरू यस्ता घोचपेचबाट विचलित हुँदैनन्। उनीहरूले आत्मालोचना गर्ने र कमजोरीलाई पर्दाफास गर्ने काम जारी राख्छन्। जसरी पनि मजदुर आन्दोलन बढ्छ, कमजोरीहरू अनिवार्य रूपमा हराउँछन्।”
(हेर्नुहोस् : भाग ६, पृष्ठ १६१)
यसरी लेनिनवादको तरिका आत्मालोचना, वर्गीय सत्य र क्रान्तिकारी आलोचनामा आधारित छ। मार्क्सकै भनाइ थियो— उनका शिक्षाहरू “सारभूत रूपमा आलोचनात्मक र क्रान्तिकारी” थिए। लेनिनले त्यसलाई व्यवहारमा उतार्दै विकास गर्नुभयो।
—
नेपालमा माओवादी जनयुद्ध र संविधान २०७२
नेपालमा माओवादी जनयुद्धले उठाएका मुद्दाहरू संविधान २०७२ मा व्यापक रूपमा समावेश भएका छन्।
धारा २ — सार्वभौमसत्ता : सम्पूर्ण सार्वभौमसत्ता नेपाली जनतामा निहित।
धारा ३ — सत्ता जनतामा केन्द्रित : राजा वा कुनै एक व्यक्तिको सीमित अधिकार नहोस्।
धारा ४ — गणतन्त्र नेपाल : नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा।
भाग ३ : मौलिक हक र कर्तव्य (धारा १६–४८) :
जीवन, स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, रोजगार, आवास, खाना, सामाजिक सुरक्षा।
महिला, दलित, आदिवासी–जनजाति, थारु, मधेसी लगायत सीमान्तकृत समुदायलाई विशेष सुनिश्चितता।
धारा १८ — समानता : जाति, लिंग, भाषा, धर्म, वर्ग आदिमा आधारित भेदभाव निषेध।
धारा ३४ — श्रमिक अधिकार : उचित पारिश्रमिक, सुरक्षित वातावरण, श्रम सुरक्षा।
धारा ३६ — खाद्य अधिकार : पर्याप्त खाना उपलब्ध गराउने राज्यको जिम्मेवारी।
धारा ४० — किसान अधिकार : भूमिहीन, सुकुम्बासीलाई भूमि पहुँच; कृषि उत्पादन र उचित मूल्य।
धारा ४२ — सामाजिक न्याय र समावेशी प्रतिनिधित्व : महिला, दलित, आदिवासी–जनजाति, थारु, मधेसीको समानुपातिक प्रतिनिधित्व।
धारा ४३ — सामाजिक सुरक्षा : वृद्ध, अपाङ्ग, गरिबलाई सुरक्षा।
धारा ५६–६० — संघीय संरचना : संघ, प्रदेश, स्थानीय—तीन तहमा अधिकार।
धारा १६२–१६८ — प्रदेश सभा : समावेशी प्रतिनिधित्व।
धारा २२०–२२१ — स्थानीय सरकार : कानुन, बजेट, योजना कार्यान्वयन।
यी सबैले जनयुद्धले उठाएका— जनसत्ता, अधिकार, समावेशीकरण, सामाजिक न्याय र स्वशासनका मुद्दालाई संस्थागत गरेको छ।
—
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन
१. सुरुआत :
१८४८ मा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको कम्युनिस्ट घोषणापत्र।
२. पहिलो सफलता (रूस, १९१७ अक्टोबर क्रान्ति) :
लेनिन नेतृत्वमा बोल्शेविक विजय, सोभियत संघको स्थापना।
३. विस्तार :
दोस्रो विश्वयुद्धपछि पूर्वी यूरोप, चीन, क्युबा, भियतनाम, उत्तर कोरिया आदि।
४. सत्ता गुम्ने कारण :
आन्तरिक संघर्ष, भ्रष्टाचार, लोकतन्त्रको अभाव।
समाजवादी योजनाबद्ध अर्थतन्त्रमा कमी, उत्पादन क्षमतामा समस्या।
पूँजीवादी ब्लक (NATO) को दबाब।
अन्ततः सोभियत संघको विघटन (१९९१)।
—
नेपालमा कम्युनिस्ट आन्दोलन
१. २००६ साल (१९४९) : पुष्पलालद्वारा नेपाल कम्युनिस्ट पार्टी स्थापना।
२. २०१७ सालपछि : पञ्चायत व्यवस्था—कम्युनिस्ट पार्टीहरू भूमिगत।
३. २०४६ साल : जनआन्दोलन—बहुदलीय प्रजातन्त्र पुनःस्थापना।
४. २०५२–२०६२ साल : माओवादी जनयुद्ध—राजतन्त्र कमजोर।
५. २०६२/६३ : दोस्रो जनआन्दोलन—राजतन्त्र अन्त्य, गणतन्त्र घोषणा।
६. २०६४–२०७४ : कम्युनिस्ट पार्टीहरूको उच्चतम प्रभाव, दुई तिहाइ सरकारसम्म।
७. सत्ता गुम्ने कारण : नेतामाथि अविश्वास, फुटफुट, अवसरवाद, जनअपेक्षा पूरा गर्न नसक्नु, बाह्य हस्तक्षेप।
८. २०८२ (हाल) : उपलब्धि (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता) कायम तर पार्टीहरू फुटफुटले कमजोर। मजदुर–किसान अझै प्रत्यक्ष सत्ता बाहिर।
—
निष्कर्ष
विश्वमा पूर्ण सर्वहारा सत्ता प्रायः हराइसकेको छ।
चीन, भियतनाम, उत्तर कोरिया, क्युबा, लाओसमा मात्रै कम्युनिस्ट पार्टी सत्ता मा छ तर पूँजीवादी अर्थतन्त्र अंशतः आत्मसात।
नेपालमा कम्युनिस्ट आन्दोलनले राजतन्त्र अन्त्य, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता ऐतिहासिक उपलब्धि दिलायो।
तर नेताहरूको अवसरवाद, फुटफुट र स्वार्थका कारण सर्वहाराको वास्तविक सत्ता स्थापना हुन सकेन।
अब नयाँ पुस्ताले आत्मालोचना गर्दै विज्ञान–प्रविधिको प्रयोगमा विचार केन्द्रित गर्नुपर्ने आवश्यकता छ। गुटबन्दी होइन, संगठनात्मक एकता अपरिहार्य छ।
—
हरिलाल डि.सी. (दोभान)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति सदस्य
अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रीय सदस्य