२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

रत्नराज्यलक्ष्मी  (आरआर)  क्याम्पसको स्ववियु चुनाव स्थगित

काठमाण्डौँ, ५ चैत्र । प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। अनेरास्ववियुले सोमबार मध्यराति नै तालाबन्दी गरेपछि आरआरको क्याम्पसको स्ववियु चुनाव रोकिएको हो ।

‘क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकाले प्रतिकूल अवस्था सिर्जना भएकाले सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तोक्नेगरी हाललाई निर्वाचन स्थगन गरिएको छ’, क्याम्पसद्वारा प्रकाशित सूचनामा भनिएको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस