२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

डीभाईन टेम्पल एकेडेमीले होटेल म्यानेजमेन्टको प्रयोगात्मक तालिम समापन तथा सम्मान कार्यक्रम

डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन ।  सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्समा एक महिने प्रयोगात्मक प्रशिक्षण लिएका हुन । विभिन्न परिकारहरू प्रदर्शनी तथा सम्पूर्ण बिद्यार्थीहरूलाइ प्रमाण पत्र सहित सम्मान कार्यक्रम गरिएको हाे ।

प्रशिक्षणमा उनले ३० भन्दा बढी परिकार बनाउन सक्ने सीप सिकिरहेेका छन । प्रशिक्षक शेफ पवन बस्नेतको मार्गदर्शनमा उनले कुकुम्बर स्टफिङ, मशरुम सुप, चिकेन टिक्का मसला, साइड डिस राइस, पुडिङ, पिज्जा, बर्गर, चिकेन सोर्मा, चिकेन कोर्मा, क्रिम टोमाटो सुप, भेज स्टोगेन्फ, रसियन सलाद, भेज मंचुरियन, ग्रिल चिकेन लगायतका स्वदेशी तथा विदेशी परिकार बनाउन सिकेका हुन ।

डीभाइन टेम्पल एकेडेमीका संस्थापक अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि नारायणी रजाैरेले यस्ता ब्यबहारिक शिक्षालाई देशभित्रै नै आफ्नो क्षमता बिकाउने सक्ने वातावरण तय गर्नुपर्ने बताउनु भयाे ।
कार्यक्रममा तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसाल, रोट्र्याक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुन, एएन प्याब्सनका केन्द्रीय सदस्य विमल गौतमलगायतका वक्ताहरूले होटल म्यानेजमेन्ट क्षेत्रले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै गर्न उपयुक्त अवसर प्रदान गर्ने बताउनुभयो कार्यक्रमको सहजीकरण एकेडेमिक कोअर्डिनेटर जीवन लामिछाने र इसिया कोअर्डिनेटर आकाश सिंहले गर्नुभएको हो




प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस