२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

एमाले सल्यानको सचिवमा अनिवार्य महिला हुनुपर्ने प्रस्ताव आएपछि प्रतिनिधिले गरे नाराबाजी

चैत १९, सल्यान ।

यतिबेला नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनको बन्दसत्र खलंगामा चलिरहेको छ ।

बन्दसत्रमा विभिन्न विषयमा छलफल भैरहदा नयाँ कार्यसमितिमा सचिव पदमा महिला अनिवार्य राख्ने प्रस्ताव जिल्ला कमिटीले राख्दा प्रतिनिधिहरुले नाराबाजी गरेका छन् । संस्थापनपक्षले एक्लौटी ढंगले पेलेर लिनलाई सचिवमा महिला अनिवार्य राखेर पार्टीको विधान विपरीत कार्य गर्न लागेको भन्दै प्रतिनिधिहरुले नाराबाजी सहित बिरोध जनाएका हुन् ।

सचिव पदमा थुप्रै क्षमतावान मान्छ हुँदाहुँदै पनि जिल्लाका माथिल्लो तहका नेताहरुको आन्तरिक स्वार्थका कारण महिलालाई सचिव पदमा अनिवार्य राखेर विधान कुल्चिन लागेको एमाले सल्यानका एकजना सचिवालय सदस्यले लेकाली अनलाइनलाई बताए ।

ती सदस्यले भने, “सचिवमा महिला अनिवार्य राख्ने भए त अध्यक्षमा पनि महिला अनिवार्य राखे भैहल्यो नि किन बेकारमा महिला पुरुष भनेर लडाइँ पार्नुपर्यो ?” एक उपसचिवमा अनिवार्य महिला हुँदा हुँदै पनि फेरि सचिव पदमा पनि महिला अनिवार्य राख्नाले संस्थापन पक्षले सिन्डिकेट ढंगले पार्टीलाई लिन लागेको ती सदस्यको भनाई छ ।

अहिले केहिबेरलाई बन्दसत्रको बैठक रोकिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस