२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

निर्वाचन आयोगद्धारा चैतमसान्तसम्मको मतदाता नामावली प्रकासन

काठमाण्डौँ, १ जेठ । निर्वाचन आयोगले गएको चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । यसअनुसार महिला मतदाता ८९ लाख १० हजार आठ सय ९६ र पुरुष मतदाता ९२ लाख ३७ हजार पाँच सय ७२ तथा अन्य मतदाता एक सय ८६ गरी एक करोड ८१ लाख ४८ हजार ६ सय ५४ मतदाता अन्तिम मतदाता नामावलीमा समावेश रहेको आयोगले जनाएको छ ।

यसअघि गएको कात्तिक २६ मा प्रकाशित मतदाता नामावलीअनुसार महिला मतदाता ८९ लाख ३ हजार एक सय ९७, पुरुष मतदाता ९२ लाख २५ हजार चार ४८ र अन्य मतदाता एक सय ८७ गरी जम्मा एक करोड ८१ लाख २८ हजार आठ सय ३२ मतदाता थिए । विगतमा प्रकाशित मतदाता नामावलीभन्दा अहिले प्रकाशित मतदाता नामावलीमा महिला मतदाता ७ हजार ६सय ९९ र पुरुष मतदाता १२ हजार एक सय २४ गरी जम्मा १९ हजार आठ सय २२ जना मतदाता थप भएको आयोगले जनाएको छ ।

आफ्नो मतदाता नामावली आयोगको वेवसाइट धधध.भभिअतष्यल.नयख.लउ मा हेर्न सकिनेछ । साथै मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने समेत आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस