सोमबार सुन र चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौँ, १९ जेठ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको प्रतितोला १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय र चाँदीको १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते सोमवार