२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

मंगलबार सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौँ, २० जेठ । मंगलबार सुनको भाउ एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सोमबार सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर तोलाको २ हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । सोमबार चाँदीको भाउ तोलाको एक हजार ९ सय ९० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस