२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

शुक्रबार सुनको मूल्य स्थिर कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौँ, २३ जेठ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ कायम भएको छ । यसैबिच शुक्रबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १ सय ५० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस