स्पेन भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमान्डौं, २० असार । ६ दिने स्पेन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन जानुभएका प्रधानमन्त्री ओली आज शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किनु भएको हो ।
प्रधानमन्त्री स्वदेश फर्कँदा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी पदाधिकारीहरूले स्वागत गर्नुका साथै नेपाली सेनाको टुकडीले सलामी दिएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गएको असार १४ गते शनिबार स्पेन प्रस्थान गर्नु भएको थियो । यसैबिच, स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता भएको थियो ।
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार