२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

लायन्स इन्टरनेशनल पुरुष भलिबल कप पोखराको कभर्डहलमा हुने

काठमान्डौं, १८ चैत । पोखरामा आगामी वैशाखमा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुँदैछ । आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २०८२ वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालाको मल्टिपर्पोज हलमा हुने जानकारी दिएको हो ।  

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो । लिग कम नकआउट फम्र्याटमा हुने प्रतियोगिता दुई समूहमा विभाजन गरेर खेलाइने भएको छ । शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ । 

मानविय सेवा गर्ने कम्पनी लायन्स इन्टरनेशनलको स्थापनाको १ सय ७ वर्ष र नेपालमा यसको स्थापना भएको ५३ वर्ष पूरा भएको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवद्र्धन गर्ने  उद्देश्यले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल आयोजना गर्न लागेको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताउनु भयो ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस