२०८३ भाद्र ४ गते बिहिवार | 2026 August 20th Thursday

कोशी प्रदेश सरकारले आज राति १२ बजेदेखि प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य गर्ने

काठमान्डौं, ७ चैत ।  कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू छैटौं अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिश गरेको छ । 

बैठकले प्रदेश प्रमुख  समक्ष चालू अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१’ लाई स्वीकृति गर्ने निर्णय पनि गरेको छ । 

यस्तै बैठकले प्रदेश सरकारबाट पालिकालाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमानित सीमा एक अर्ब १० करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस