२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आज नेपालले आयोजक हङकङको सामना गर्दै

काठमाडौँ, ३० चैत्र । चारदेशीय टी–२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दैछ।त्यहाँको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार सवा ११ बजे खेल शुरु हुनेछ।

अहिलेसम्म अपराजित रहेको नेपाल प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा ८ विकेटले कतारलाई हराएको थियो।

दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो।  दुई खेलमा ४ अंकका साथ नेपाल तालिकाको शीर्ष स्थानमा छ। हङकङ र कुवेतले २२ अंक हात पारेका छन्। जितविहीन कतारको शून्य अंक छ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस