२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको सर्वोच्चमा मुद्दामा सुनुवाई सकियो

काठमाण्डौँ, ३१ वैशाख । सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा बुधबार सुनुवाई भएको छ ।आइतबार र मंगलबार पेश चढेर पनि सुनुवाई हुन नसकेको मुद्दामा बुधबार सुनुवाई भएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई सकिएको अदालत प्रशासनले जनाएको छ ।​

लामिछानेले बन्दीप्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेश बेरितको भन्दै बदर गरी थुनामुक्त गर्न माग गरी दिएको ७३ नम्बर निवेदनमा एकैपटक सुनुवाई भएको हो । केहीबेरमा इजलासले उपयुक्त आदेश दिनेछ । उच्च अदालतको आदेशपछि लामिछाने अहिले भैरहवा कारागारमा छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ३२ गते बुधवार
प्रतिक्रिया दिनुहोस