२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

करुणाको कारुणीक गीत ‘परदेशीको दुःखी जीवन’को चर्चा कायमै

शरण हुमागाईं / काठमाण्डौँ, १६ जेठ ।

नेपाली सांङ्गितिक बजारमा धेरै किसिमका गीतहरु सार्वजनिक भइरहेका हुन्छन् । दिनहुँ सयौं गीतहरु सार्वजनिक भएपनि कुन सृजनाले चर्चा पाउँछ भन्ने कुराले अर्थ राख्दछ । कहिले काँही सभ्य र अनुशासित अनि राम्रा सृजनाले चर्चा पाउँछन त कहिले बेअर्थी गीतले स्थान पाइरहेका हुन्छन् । गीत चल्नुमा श्रोता दर्शकले कस्ता सृजनालाई मन पराउँछन भन्ने कुरा पनि प्रमूख हुन्छ ।

लामो समयदेखि संगीतमा संघर्ष गरिरहेकी गायिका हुन करुण राई । महानायक राजेश हमालसँग म्यूजिक भिडियोमा अभिनय मात्र होइन तुलसी फिल्ममा नायिकाको रुपमा काम गरेकी करणाले विभिन्न भाषा, धर्म संस्कृति अनि सबै भेगका दर्जनौ गीत गाईसकेपनि दर्शकको नजरमा पर्न निकै नै समय लाग्यो ।

पछिल्लो केही महिना अघि जव ‘परदेशीको दुःखी जीवन’ नामक कारुणीक गीत सार्वजनिक भयो त्यस यता करुणाको संगीत यात्रामा कायापलट भएको छ । विविध कारणले घर परिवार सबैलाई छोडेर विदेशिनु पर्ने नेपालीको चरम बाध्यतालाई गीतमा देखाईएको छ ।
शंकर बराइलीको लय शव्दमा तयार भएको गीतमा करुणा राई र रोहन रसाईलीको आवाज समाबेस छ । राजु कार्कीको संगीत संयोजन, राजकुमार वगरको मिक्सिङ माष्टरिङसहित त्रिबेणी डिजिटलमा यो गीत रेकर्ड भएको हो ।

कमानसि. राई (याम्फू)को छांयाकन, निर्देशन र सम्पादनमा तयार पारिएको यो गीतमा करुणा राई र रोहन रसाईलीकै अभिनय रहेको छ । करणा राई अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतले टिकटकमा रेकर्ड नै कायम गरेको छ । गीत चल्नुमा डिजिटल मिडिया प्रवद्र्धनमा उल्लेख्य योगदान पु¥याएका सुभाष खड्काको हात रहेको गायिका करणा राई बताउँछिन् ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस