चर्चित गायक तथा संगीतकार मनोज गुरुङको नयाँगित “फूलको डोलिमा” सार्बजनिक

काठमाडौँ,१ असार । लोकप्रिय गायक तथा संगीतकार मनोज गुरुङको “तिमिलाई लान्छु म गाउमा फूलको डोलिमा” बोलको नयाँगित सार्बजनिक भएको छ ।
देबेन्द्र केसीको शब्द /रचना तथा संगीतकार विकास चौधरी द्वारा संगीतबद्ध बहु-प्रतिक्षित यस गित भर्खरै बजारमा सार्बजनिक भएको हो । बिगत साडे ४ दशक देखि नेपालि गित संगीतको क्षेत्रमा निरन्तर रुममा गित गाउदै आउनु भएको बरिस्ठ एवम प्रतिष्ठित गायक मनोज गुरुङले नेपालि गित संगीतलाई सेवा गर्दै आउनुभएको छ ।नेपालि सांगीतिक क्षेत्रको यो निरन्तरता भने प्रसंसनिय छ ।
उहाको मूल घर भने सानेपा ललितपुर हो । नेपालि गित संगीतको संरक्षण र प्रवर्द्धनमा समर्पित रहेका गुरुङ आगामी दिनमा पनि गित संगीत लाई निरन्तरता दिने बताएका छन् । उहाले पहिलो गित १७ बर्सको उमेरमा रेकर्ड गराउनू भएको थियो ।
जुन गित मेरा रातहरु मलाई जिस्काउछन् भने त्यसपछि भने उहाले पछाडी फर्किनु परेन निरन्तर रुपमा अगाडी बढीराख्नु भयो, र क्रमश उहाले ३ दर्जन भन्दा बढी गितमा स्वर दिनुभएको छ । जसमा केहि रास्ट्रीय गितहरु त्यस्तै चाडैनै उहाले केहि लोक फ्लेबरका गितहरु पनि बजारमा ल्याउने तयारि गरिराख्नु भएको छ । साथै आधुनिक गितहरु उहाले २ दर्जन भन्दा बढी गित सार्बजनिक भईसकेका छन् ।
रेडियो नेपालबाट उहाले स्वर परिक्षा पनि उतिर्ण गर्नुभाको छ । उहाले २ वटा एल्बम पनि बजारमा ल्याउनु भयो । जसमा सन्ध्या र रंग रहेका छन् । उहाका थुप्रै विधाका गितहरु पनि सुन सकिन्छ । उहाले भजन पनि गाउनु भएको छ । त्यसै चलचित्रमा पनि स्वर भर्नुभाको छ । पार्श्व गायकका रुपमा पनि चर्चा बटुल्न सफल हुनुहुन्छ । उहाका माझि दाई , आज किन संगै , आकाश भरि , जुन पनि दिउला तिमीलाई , किन हो साझ, जस्ता सयौ गितहरु चर्चामा छन् ।