२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

मञ्जु कँडेलको मौलिक तीज गीत ‘छनी तीज आको’ सार्वजनिक

अपाङ्गता भएकी मञ्जु कँडेलले तीज गीतमार्फत नेपाली गीतसङ्गीतको क्षेत्रमा आफ्नो सशक्त उपस्थिति जनाउनु भएको छ। ” छनि तीज आको” बोलको गीत हालै सार्वजनिक भएको छ, जसमा मञ्जु कँडेलको शब्द रचना रहेको छ ।

स्वर विनाेद थापा र तारा महताराले दिएको यस गीतमा तीजको मौलिक परम्परा, नारीको भावनात्मक संघर्ष, उत्सव र उल्लासलाई समेटिएको छ । गीतमा महिलाको जीवन, चाडपर्वको सांस्कृतिक महत्व र सामूहिक भावनालाई उजागर गर्ने प्रयास गरिएको छ ।

अपाङ्गता भएको अवस्था हुँदाहुँदै पनि नेपाली साहित्य तथा गीतसङ्गीतमा मञ्जु कँडेलले पुर्‍याएको योगदान प्रेरणादायी रहेको सरोकारवालाहरूले बताएका छन् । उहा विगत केही वर्षदेखि कविता, गजल, कथा तथा गीत लेखनमा सक्रिय रहँदै आउनु भएको छ।

गीत सार्वजनिक भएपछि मञ्जु कँडेललाई सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो लागेको छ । धेरैले उहाको आत्मविश्वास, संघर्षशीलता र सिर्जनात्मक यात्राको खुलेर प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस