२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

भोलामान गुरुङ र करुणा राईको ‘तिम्रो सुन्दरतामा’ सार्वजनिक

काठमान्डौं, ३१ असार । भोलामान गुरुङको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘तिम्रो सुन्दरतामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। मौलिक नेपाली शैली, प्रेमिल भाव र सामाजिक सन्देश बोकेको यो गीत भोलामान युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । छोटो समयमै चर्चा बटुल्न सफल भएको यस गीतले प्रेम सम्बन्धका उतारचढाव र साथमा बिताएका रमाइला क्षणहरूलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । गीतमा कृष्णकुमारी राईको शब्द र सङ्गीत लिम्बूको संगीत रहेको छ भने एरेञ्जरको रूपमा मनोज मोतेले साथ दिएका छन् । भावना रेकर्डिङ स्टुडियोमा तयार भएको गीतको छायाङ्कन क्यामेराम्यान कमानसिंह याम्फूले गरेका हुन् । गीतको निर्देशन अमर राईले गरेका हुन् । भोलामान गुरुङ र करुणा राईको प्रभावशाली अभिनयले गीतको भावनालाई अझ सुमधुर बनाएको छ । भेडेटार, पबित्र धार्मिक स्थल बुद्ध बिहार वरपरका रमणीय स्थानहरूमा गरिएको छायाङ्कनले भिडियोको दृश्यात्मक पक्षलाई आकर्षक बनाएको छ ।

__हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस