पारिवारिक कथामा ‘माछा मासु केही खादिन’ चर्चामा
काठमान्डौ, १२ साउन । चर्चित गायक गोविन्द पौडेल र करुणा राईको आवाजमा ‘माछा मासु केही खादिन’ बोलको गीत यति चर्चामा रहेको छ । मौलिकता हराएका गीतहरुको हालिमुहाली भै रहेको यो समयमा सार्वजनिक भएको यो गीतले संगितका अनुरागीहरुलाई तानेको छ । राम्रा सृजना श्रोता दर्शकको रोजाईमा पर्छन भन्ने उदाहरण बनेको यो गीतमा गोविन्द पौडेलकै लय शव्द रहेको छ भने करुणा राई र गोविन्द पौडेलको आवाज रहेको छ ।
मालाश्री स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । स्मृति तिमल्सिनाको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा विजय पुन, देवा पौडेल, एलेक्स खड्का र नारद बस्नेतको मुख्य अभिनय रहेको छ । छोटो समयमा दर्शकको रोजाईमा परेको यो गीत गोविन्द पौडेल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । परिवारसँगै रहेर हेर्न र सुन्न मिल्ने उक्त गीतमा सामाजिक संजालको विषय पारिवारिक जीवनसँग जोडाएर तयार पारिएको छ ।