‘मेरी भाउजु’ टिमको मौलिकता झल्काउने तिज गीत सार्वजनिक
काठमाडौँ, १३ साउन । नेपाली समाजमा चेलीको स्थान, उसको वेदना र भोगाइहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गर्दै टेलिशृङ्खला ‘मेरि भाउजु’ टिमले एक अत्यन्तै मार्मिक तिज गीत ‘पीडा चेलिको’ सार्वजनिक गरेको छ । पारिवारिक सन्दर्भ, समाजमा चेलीले भोग्नु परेका दुःख, माइतीप्रतिको माया, अनि पराइ घरमा बिताउने कठिन समयलाई गीतमार्फत गहिरो रूपमा प्रस्तुत गरिएको छ ।
गीतका शब्द तथा लय लोकप्रिय सर्जक रामु बिरहि मल्लले तयार गरेका हुन् । गीतमा उनले समाजमा मौन रहेको चेलीको मर्मलाई कलात्मक र गहिरो भाषामा पोखेका छन्, जुन सँगै संगीतले झनै प्रभावशाली बनाएको छ । स्वरमा रन्जिता विश्वकर्मा, रामु बिरहि मल्ल, टिकाराम श्रेष्ठ, रमा गोदार थापा र सबिता नेपालले आफ्नो आत्मा घोलेर गीतलाई जिउँदो बनाएका छन् । उनीहरूको संवेदनशील गायन शैलीले गीतमा प्राण भरेको छ ।
प्रकाशित मिति : २०८२ साउन १४ गते मङ्गलवार