करुणा राईको ‘प्यारी साथी’ बजारमा
काठमाण्डौँ, १५ साउन । लोकप्रिय गायिका करुणा राई र लीला राईको आबाजमा ‘प्यारी साथी’ बजारमा आएको छ । साथीसँगका हरेक क्षणको स्मरण गराउँदै गीतले साथीसँगका स्मृती व्यक्त गरेको छ । जहाँ जाँदा पनि नछुटिएर, एकै प्राण भएर रहेका विगतलाई स्मरण गराइएको छ । त्यसैले पनि साथीलाई सबैभन्दा माथिको स्थान छ भन्दै सर्जक शंकर बराइलीको उत्कृष्ठ लय तथा शव्द सृजनालाई राम कार्कीले एरेन्ज गरेपछि गीतले बास्तविकता पायो ।
अडियोले साथीको बयान जति गरेपनि भिडियोले त्यसलाई उझै प्राण भरिदिएको छ । अभिनयका माध्यमबाट मोडल करुणा राई र सुनिता केसीले दुई साथीको भूमिका जिबन्त प्रर्दशन गरेका छन् । रिलमा हैन साँच्चै रियलमा झै उनीहरुको अभिनयले गीतलाई ओझनदार बनाई दिएको छ । यो गीतको भिडियो करुणा राई युट्युव च्यानलबाट बजारमा आएको छ भने अडियो करुणा राई टपिक च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति : २०८२ साउन १६ गते बिहिवार